फूलै फूलको मौसम तिमीलाई
पाँचथर– उच्च पहाडी क्षेत्रमा पर्ने फलैचाको चित्रे भन्ने ठाँउमा सेतो गुराँस, चिमाल र चापको फूलको तस्विर खिच्न फोटो पत्रकार भवानी तावा जुटिरहेका देखिन्थे।
सदरमुकाममा फिदिमबाटै कमैमात्र पुगिने उक्त ठाँउमा तावासँगै रहेका सहित्यकार मलिसा याक्थुङ्म्बा, बिनोद कुगेनाम्बा र पत्रकार सरोज सर्मा पनि के कम। फूलको आफ्नै कोणकाट तस्बिर खिच्न आतुर देखिन्थे । प्रफुल्ति देखिन्थे, खुशी हुन्थे।
यतिबेला पहाडका डाँडा गुराँस फूलेर धमाधम राताम्मे हुँदै छन्। बसन्त ऋतुको आगमनसँगै विभिन्न जातका फूलहरुले पहाडका वन क्षेत्र आर्कषक बन्दैँ गएका छन्। बन क्षेत्रमा भिन्न भिन्न प्रजातीका गुराँस, चिमाल, चाप फुलिरहेका छन् भने बारीका डिलभरी आरु, आलुचा, अरुबखडाका बोटमा फुल लागेका छन्। सुख्खा मौसमा विभिन्न प्रजातीका फुलहरुले आर्कषण बढाएका छन्। उचाई अनुसार फरक फरक समयमा फूल फूल्ने गर्छन्। बेसी र लेकाली भूगोल अनुसार फूलले वनक्षेत्र रंगी चंगीमात्र बनाएको छैन,मान्छेलाइ आर्कषण पनि गरिरहेको छ।
पहाडका डाँडा यतिबेला गुराँसले सजिएका देख्न पाइन्छ। उचाई अनुसार गुराँस फूल्ने क्रममा फरक पर्छ। यति बेला समुद्र सतहदेखि दुई हजार मिटर उचाईसम्म गुराँस फूलेको जैविक विविधताका क्षेत्रमा काम गरिरहको दिप ज्योति युवा क्लवका निर्देशक सुनिल वान्तावले बताए। उनका अनुसार उचाई अनुसार माघ अन्तिम देखि वैशाख पहिलो सातासम्म गुराँस फूल्ने गर्छ।
सबै तस्बिर गिरिराज बाँस्कोटा