१० माघ २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

बिहानैदेखि पशुपतिमा भक्तजनको भीड

काठमाडाैं-महाशिवरात्रीका दिन आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ ।बिहान १ बजेदेखि नै भक्तजनको भीड लागे पनि २ः४५ बजे मात्र पशुपतिका चार ढोका खोलिएका थिए।

IMG 1631 shivaratri

पशुपतिको मूल मन्दिरमा चार ढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले जानकारी दिए। भक्तजन जुन ढोकाबाट प्रवेश ग¥यो त्यही ढोकाबाट निस्कने व्यवस्था मिलाइएको छ ।
IMG 1366
यस वर्षको शिवरात्रीमा ११ लाख भक्तजनले पशुपतिको दर्शन गर्ने अनुमान गरिएको उजले बताए। अहिलेसम्म व्यवस्थित रुपमा लाइन लागेर भक्तजनले दर्शनका लागि प्रतीक्षा गरिरहेका छन् । यस वर्ष भारतीय भक्तजनको सङ्ख्या बढी देखिएको नेपाल–भारत मैत्री परिषद्का प्रमुख संयोजक सुरेश ठाकुरले बताए।
IMG 1381
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्ष साउन १९ गते पशुपतिमा विशेष पूजा गर्दा भारतीय सञ्चारमाध्यमले मान्यताका साथ प्रचारप्रसार गरेकाले शिवरात्रीमा भारतलगायतका देशबाट आउने भक्तजनको उल्लेख्य उपस्थिति रहेको उनले बताए।
IMG 1399
आज बिहानैदेखि चाबहिल चोक, रातोपुल, पुरानोबानेश्वर चोक र सिनामङ्गलबाट गौशाला आउने सवारी साधनलाई वैकल्पिक मार्गबाट गन्तव्यमा पठाइएको छ । पशुपति क्षेत्र आज पूर्णरुपमा मेलामय बनेको छ । विभिन्न सङ्घसंस्थाले निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क चियापान एवम् भण्डाराको व्यवस्था गरेका छन् ।

IMG 1406

पशुपतिभित्र दर्शन गर्ने व्यवस्था व्यवस्थित भए पनि बाहिर भने अव्यवस्थित रहेको बानेश्वरबाट दर्शनका लागि आउनुभएका रामप्रसाद भण्डारीले जानकारी दिए। रासस

IMG 1421

IMG 1491

IMG 1538

IMG 1585

IMG 1646

IMG 1605

IMG 8405

IMG 8410

IMG 8411

IMG 8521

IMG 8537

सबै तस्बिर प्रबिन काेइराला

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App