
खेल
काठमाडाैं-नेपाली कांग्रेसकाे १३ अाैं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वकालागि अाइतबार विहान नाैबजे मतदान सुरू भएकाे छ। मतदानमा पदाधिकारका उम्मद्वारले सबैभन्दा पहिला मतदान गरेका थिए।

देशभर र विदेशस्थित जनसम्पर्क समितिबाट चुनिएर आएका करिव ३२ सय मतदाताले पार्टी सभापतिसहितको ६४ सदस्यीय केन्द्रीय नेतृत्व चयनका लागि मतदान गरिरहेका छन्। मतदान आइतबार अपराह्न ४ बजेसम्म हुने निर्वाचान समितले जनाएकाे छ।

पार्टीकाे अागामी नेतृत्वकालागि कार्यवहाक सभापति रामचन्द्र पाैडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्ण सिटाैलाले अाफ्नाे प्यानलसहित सभापतिमा उम्मेद्वारी दिएका छन्।















तस्बिर दिपेश श्रेष्ठ / केशव थाेकर