१० माघ २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

क्याट वाक गर्दै हात्ती लम्के वनभोजतिर

चितवन–चितवनमा जारी हात्ती महत्सवमा स्वदेशी तथा विदेशी पर्यटक निकै रमाएका छन्। सोमबार यहाँको बाघमारा मध्यवर्ती जंगलको खुल्ला चौरमा हात्तीबीच सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ।

हात्तीहरूको सामूहिक बनभोज महोत्सवको अर्को अाकर्षण बन्यो। वनभोजमा ८० वटा हात्ती सहभागी थिए। केहीदिन यता यहाँका हात्ती नियमित काममा छैनन्। सबै हात्तीलाई मेला लागेको छ।

हात्तीको मेला हेर्न स्वदेशी विदेशी पर्यटकको भीड नै लागेको छ।

क्याटवाक गर्दै जब हात्तीहरू वनभोज तर्फ लम्किएका थिए यहाँ निकै उत्साहको माहाैल बन्याे। वनभोजमा हात्तीहरू निकै रमाए, किनकी उनीहरूको मनपर्ने खानेकुराहरू परिकारका रूपमा पस्केर तैयार अवस्थामा राखिएका थिए।

१२ औं चितवन हात्ती महोत्सवको अवसरमा सोमबार हात्ती क्याट वाक, टाँडा दाैड, गाडा र डुंगा दाैड सम्पन्न भएका छन्। क्षेत्रीय होटल संघले अायोजना गरेको महत्सव बुधबारसम्म चल्नेछ।

हेराैं तस्विरहहरूः
Elephant Beauty 1

Elephant Beauty 2

Elephant Beauty 3

Elephant Beauty 4

Elephant Beauty 5

Elephant Beauty 6

Elephant Beauty 8

Elephant Beauty 9

Elephant Beauty 10

Elephant Beauty 11

Elephant Beauty 12

Elephant Beauty 13

Elephant Beauty 14

Elephant Beauty 15

Elephant Beauty 16

Elephant Beauty 17

सबै तस्विरः दिपेश श्रेष्ठ
 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App