पुननिर्माण सम्मेलनमा जे देखियो
शक्तिशाली भूकम्पबाट ध्वस्त संरचना पुननिर्माणमा अार्थिक सहयोग जोहो गर्न सरकारले बिहीबार 'नेपालको पुननिर्माणका लागि अन्तरार्ष्ट्रिय सम्मेलन' गरेको छ। नेपालको पुनर्निर्माणका लागि अन्तरार्ष्ट्रिय सम्मेलन'मा विदेशी दाताहरुले सकारात्मक सहानुभूति देखाएका छन्।
मित्रराष्ट्र एवं अन्तरार्ष्ट्रिय विकास साझेदार संस्थाहरुले करिब ३ सय अर्ब रुपैयाँभन्दा बढीको सहयोग प्रतिबद्धता जनाए।
सम्मेलन स्थल सोल्टी होटलबाट दिनेश गोलेले खिचेका तस्विरहरु हेर्नोस्।
सम्मेलनलाई प्रधानमन्त्री सुशील कोइरालाले सम्बोधन गरे। उनले पुनःनिमार्ण सहितको दिगो विकासमा जोड दिए।
सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री रामशरण महत। 'सम्मेलन लिनिदिने विषय मात्र हैन। यो मानवताको सम्मेलन हो', उनले भने।
उद्घाटन सत्रको अध्यक्षता प्रधानमन्त्री सुशील कोइरालाले गरेका थिए।
प्रधानमन्त्री कोइराला सम्मेलनको उद्घाटन गर्दै।
भारतीय विदेशमन्त्री सुस्मा स्वराज। भारतले १ सय अर्ब रुपैयाँ सहयोगको घोषणा गर्यो।
चिनिया विदेशमन्त्री वाङ यी। चीनले ४९ अर्ब रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
अभिनेत्री मनिषा र प्रधानमन्त्रीका स्वकिय सचिव मृदुला कोइराला
सम्मेलन स्थलमा मह जोडी
सहभागीहरु