राजनीति
फोटो फिचर
जुम्लामा यसरी रोपियो मार्सिधान
जुम्ला- जुम्लामा उत्पादन हुने मार्सिधानको प्रशिद्धि लामो छ। शताब्दी पहिले गुरु चन्दननाथ वावाले तातोपानी गाविस स्थित लाछु ज्युलामा जुम्ली मार्सिधानको अनुसन्धान गरि जिल्ला भर विस्तार गरेका थिए। त्यही सम्झनामा लाछु ज्युलाको गुरु फोक्टामा धान महोत्सवको आयोजना गरिएको छ।
मार्सी धान रोप्न गोरु नारिँदै।
'संसारकै प्रसिद्ध जुम्ली मार्सिधान, सांस्कृतिक, सामाजिक भौगोलिक विविधता हाम्रो पहिचान' भन्ने मुल नाराका साथ तातोपानी गाविसको लाछु ज्युलामा रहेको गुरु फोक्टामा धान महोत्सवको आयोजना गरि रोपाई गरिएको हो। त्यहि दिनको संझनाका साथै धान दिवशको अवसरमा गुरु फोक्टामा रोपाई गरिएको कृषि कार्यालयले जनाएको छ।
तातोपानी गाविसका एक लछालकृति पैकला नामका युवालाई कृर्षी सम्वन्धी तालिम दिई धान खेतिको विस्तार गरेको किवदन्तीमा उल्लेख छ । जंगली धानलाई अनुसन्धान गरेर काली मार्सिको रुप दिइएको स्थानीय जानकार पुर्ण सिंह कठायतले जानकारी दिए।
धान रोप्दै महिलाहरु ।
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%