
चरिकोटदेखि भीरकोटसम्म

चरिकोटमा क्षतिग्रस्त घर।
काठमाडौं– बैशाख २९ गते गएको शक्तिशाली भूकम्पको केन्द्रविन्दु र १२ बैशाखको अतिप्रभावित एक जिल्ला दोलखा हो । दोलखामा भूकम्पमा परी सयौंले ज्यान गुमाएका छन भने थुप्रै घाइते भएका छन्।

चरिकोट बजारमा त्रिपालनजिक बालबालिका।
दोलखाका बजारदेखि गाउँसम्म सर्वसाधारणका हजारौं घर ध्वस्त छन् । कयौं घर बस्नै नहुने गरी चर्किएका छन् । भूकम्प प्रभावितमध्ये दोलखा सदरमुकाम चरिकोट, भीरकोट र गैरीमुदी पुग्दा पीडितहरु खुला आकाशमुनि र त्रिपालमा राहत र पुर्नबासको पर्खाइमा थिए।

क्षतिग्रस्त भीरकोट गाविसको माझी बस्ती।

भीरकोटकै हात्तीछाप गाउँ।

दोलखाको गैरीमुदीबाट देखिएको सुख्खा पहिरो।

चरिकोट बजारमा सर्वसाधरण।

क्षतिग्रस्त चरिकोट बजार।

राहत लिएर फर्कँदै भीरकोटका स्थानीय।

राहतको पर्खाइमा भीरकोटबासी।

राहत पर्खिँदै भीरकोटका एक स्थानीय।


गैरीमुदीबाट देखिएको एक दृष्य।

राहत लिँदै भीरकोटबासी ।

सबै तस्बिर : दिपेश श्रेष्ठ




