१० माघ २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

भूकम्पको घाउमा घलेको मल्हम

अहिलेसम्म उनको परिचय अष्ट्रेलियन अर्बपतिको हो। वैशाख १२ को भूकम्पपछि गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष शेष घलेलाई नेपालीले नयाँ पहिचानमा भेट्दैछन्- उद्धारक र राहत बितरक। हुन पनि दुई दिनमा उनी तीन जिल्ला पुगे। त्यहाँ उनले आफ्नै उपस्थितिमा आपतकालीन राहत बितरण गरे।

सिन्धुपाल्चोक, गोरखा, लम्जुङ, नुवाकोट, रामेछाप, काभ्रे, दोलखा, धादिङ, रसुवा र सोलुखुम्बुमा आफैँ पुगे। वैशाख १२ गतेको भूकम्प केन्द्रबिन्दु रहेको गोरखा, बारपाकमै पुगेर राहत वितरण गरे। त्यहाँको पुर्ननिर्माण सम्भावनाबारे स्थानीयसँग छलफल चलाए।

गैरआवासीय नेपालीहरुले जम्मा गरेको सानो सानो रकम सदुपयोगका लागि आफू खट्दा पीडितले राहत पाएको उनको अनुभव छ। भन्छन्, 'वास्तविक पीडितसम्म राहत पुर्‍याउन गाउँ-गाउँ आएको हुँ।'

gale dolakha4

gale dolakha2

gale dolakha1

दोलखाका पीडितलाई राहत वितरण गर्दै शेष घले तथा उनकी श्रीमती जमुना गुरुङ

gale dolakha

घले नेतृत्वको एनआरएन टोली दोलखामा राहत वितरण गर्दै। १० जिल्लामा एनआरएनले १० करोड रुपैयाँको राहत वितरण गरेको छ।

gale dolakha3

वैशाख २९ को भूकम्पले सबैभन्दा बढी क्षति पुर्‍याएको दोलखाको विवरण लिँदै घले दम्पति

gale barpak3

 

gale

gale barpak1

वैशाख १२ को भूकम्प केन्द्रविन्दू बारपाकमा राहत वितरणपछि क्षति अवलोकन गर्दै घले।

gale barpak2

क्षतिग्रस्त गोरखा बारपाक

gale barpak

भूकम्प विस्तापितले बनाएका अस्थायी घरहरु जहाँ एनआरएनले राहत वितरण गरेको छ।

gale barpak4

बारपाकका स्थानीयसँग छलफल गर्दै घले

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App