राजनीति
फोटो फिचर
भूकम्प पीडितलाई हिमानीको 'सानो सहयोग'
पूर्व युवराज्ञी हिमानी शाह भूकम्प पीडितलाई राहत बाँड्ने काममा सक्रिय देखिएकी छिन्। उनको हिमानी कोषले अहिलेसम्म काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक र धादिङका हजारौं पीडितलाई राहत सामग्री पुर्याएको छ। पीडितको घाउमा मल्हम लगाउने अभियानमा छोरीहरु पूर्णिका र कीर्तिकालाई उनले साथै लिएर हिँडिरहेकी छिन्।
राहत वितरण गर्दै गरेको फोटो फेसबुकमा पोष्ट गर्दै उनले भनेकी छिन्, 'सानो सहयोग।'
कोषका पदाधिकारी तथा पूर्व राजपरिवार सदस्यहरु पूजा शाही, सितास्मा शाह, दिलासा राणा, डा. राजिब शाही पनि राहत बाँड्न हिँडिरहेका छन्।
धादिङ र काठमाडौंमा छुट्टा छुट्टै राहत वितरणमा सहभागी हिमानी र छोरी पूर्णिका। सुरुमा हिमानीले निजी खर्चमा खाद्यान्न किनेर राहत बितरण गरेकी थिइन्।
धादिङको तसर्पुमा पीडितलाई जस्तापात वितरण गर्दै हिमानी। कोषले त्यहाँ ५०० परिवारलाई ३ हजार जस्तापाता बितरण गरेको छ।
राहत सामग्री
राहत वितरणका लागि धादिङको तसर्पुमा हिमानी।
कोषको राहत वितरणमा गायिका मिरा राणा पनि सहभागी छिन्।
राहत वितरणमा कोष पदाधिकारीले बैजनी र गुलाबी रंगको पोशाक लगाउने गरेका छन्।
तस्विर सौजन्यः हिमानी, हिमानो ट्रस्ट र महिला सञ्चार समूहको फेसबुक पेज।
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%