भूकम्पपछि सडकमा सर्वसाधरण
काठमाडौं-मंगलबार मध्यान्ह गएको भूकम्पहरुले पूर्वदेखि पश्चिम नेपालका अधिकांश भू-भाग हल्लाए। जसले गर्दा बिस्तारै घरतर्फ फर्किएका सर्वसाधरण पुन: सडक र चौरमा पुगे।
मंगलबारको भूकम्पका कारणसमेत केही मानिसको ज्यान गयो भने एक हजारभन्दा बढी घाइते भएको पुष्टी भइसकेको छ। भूकम्पबाट वैशाख १२ गते गएको भूकम्पबाट चर्किएका र आंशिक क्षति पुगेका घरहरु भत्किए। राजधानीको विभिन्न स्थानमा पुगेर खिचिएका केही तस्बिर।
राजधानीको टुँडिखेलस्थित भूकम्प प्रभावित शिविरमा २२ दिने शिशुलाई तेल लगाइदिँदै महिला।
राजधानीको नयाँबजारमा भग्नावशेष हटाइँदै।
सुरक्षाकर्मीलाई भूकम्पले ढलेको सामाखुसीस्थित साततले भवनमा व्यक्ति फसिरहेको हुन सक्ने जानकारी गराउँदै त्यहाँस्थित साइबर क्याफेकि कर्मचारी।
मंगलबारको भूकम्पले ध्वस्त पारेको काठमाडौं नयाँबसपार्क, मित्रनगरस्थित घर।
कुकुरको सहायताले भग्नावशेषमा पुरिएका जीवित र मृतकको खोजी गर्दै अमेरिकी प्राविधिक।
मंगलबारको भूकम्पले भत्काएको संचना खोतल्दै मेक्सिकन उद्धार टोली सदस्य।
तस्बिर : दिपेश श्रेष्ठ, विजय गजमेर, दिनेश गोले, प्रतीक रायमाझी