थिमिमा सिन्दुरेजात्रा
सिन्दुर जात्राका सुरुआतमा बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो।बिस्केट जात्राको अवसरमा मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुरेजात्रा प्रसिद्ध छ।
थिमि क्षेत्रमा २३ वटा, नगदेशमा एक, बोडेमा ७, टिगनीमा १ स्थानमा बेग्लाबेग्लै खटजात्राका साथ सिन्दुर जात्रा मनाइएको छ। थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताको नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै जात्रा मनाइन्छ।
मध्यपुरथिमि नगरपालिकामा बुधबार विहान सिन्दुरे जात्रामा स्थानियसंग रमाउदै पर्यटक। तस्विर उपेन्द्र लामिछाने
मध्यपुरथिमि नगरपालिकामा बुधबार विहान सिन्दुरे जात्रामा सहभागी चिरागमा तेल हाल्दै ।
मध्यपुरथिमि नगरपालिकामा बुधबार विहान सिन्दुरे जात्रामा सहभागी बृद्ध।
मध्यपुरथिमि नगरपालिकामा बुधबार विहान सिन्दुरे जात्रा नियाल्दै।
मध्यपुरथिमि नगरपालिकामा बुधबार विहान सिन्दुरे जात्रा मनाइदै।