११ माघ २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

झरीले राजधानीका सडक जलाम्य

काठमाडौं– बिहीबार दिउँसोको झरीले राजधानीलाई जलाम्य बनाएको छ। मनसुन सुरु हुनुअगाडिको वर्षाका कारण राजधानीका प्रमुख सडकहरू डुबानमा परे। भारी वर्षाका कारण साँझ उपत्यकामा ट्राफिक जामसमेत बढेको थियो।

Girl cover ear when thunderstrom 01

during rain

स्थानीयस्तरको जलवाष्प र बंगालको खाडीबाट आएको वायुको सम्मिश्रणको प्रभावका कारण बिहीबार मौसम बदली भई देशका पूर्वी र मध्य भागमा चट्याङसहितको वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

hailstrom picture 01

Hailstrom 01

स्थानीयस्तरको जलवाष्प मिली चट्याङ गराउने खालका बादलहरू बनेर छोटो समयको चट्याङसहितको वर्षा भएको मौसमविद सुवास रिमालले जानकारी दिए। उनका अनुसार पूर्व मनसुनको मौसम भएकाले सामान्यतः यो बेला अपराह्नपछि पहाडी भेगमा छोटो समय मौसम खराब भई चट्याङसहित वर्षा हुने गर्छ। बिहीबारको वर्षा त्यसकै स्वरूप हो।

Pedestrians  tries to cross a drain water 01

Pedestrians  tries to cross a drain water 02

Pedestrians  tries to cross a drain water 03
बंगालको खाडीबाट वायु नेपालको पूर्वी भेगतर्फ उन्मुख भएका कारण यहीँको जलवाष्प जोडिन गई दुवैतर्फको मिश्रित असर देखिएको उनले उल्लेख गरे। एक्कासि परेको असिना पानीले उपत्यकाको यातायातमा सामान्य अवरोध आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ। रासस

Pedestrians  tries to cross a drain water 04

तस्बिर : विजय राई/ दिनेश गोले

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App