११ माघ २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

फागुपूर्णिमाको रौनक

काठमाडौँ-प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङहरूको चाड फागुपूर्णिमा आज पहाडी भेगमा हर्ष र उल्लासका साथ मनाइयो। वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो पर्व एकार्कामाथि विभिन्न प्रकारका रङहरू लगाइदिएर मनाइन्छ।

Holi 02

पूर्णिमाको अघिल्लो दिन बुधबार राति होलिका दहन गरेपछि बिहानैदेखि आफन्त साथीभाइलाई रङ लगाएर होली मनाइएको छ। होलीका कारण काठमाडौँ उपत्यकामा आज सवारी साधन सीमित मात्रामा चलेका भए पनि विगतका वर्षमा भन्दा यस वर्ष भव्य र सभ्य रुपमा होली मनाइएको सर्वसाधारणको धारणा छ।
Holi 01
फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर (विशेष रूपले सजाएको लिङ्गो) गाडेपछि होली सुरु भएको मानिने र पूर्णिमाको रात (आज) मा उक्त चीर ढालेर जलाएपछि समाप्त भएको मानिन्छ।
Holi 03
काठमाडौँको वसन्तपुर र ठमेल क्षेत्रमा विभिन्न सङ्घसंस्थाको आयोजनामा होली मनाइएको छ। ठमेललगायत क्षेत्रमा विदेशी पर्यटकले पनि रमाइलोका साथ होली मनाएका छन्। विश्वविद्यालय क्याम्पस कीर्तिपुरसहित उपत्यका विभिन्न क्याम्पसमा विद्यार्थी सङ्गठनले सामूहिक रुपमा होली मनाएका छन् । तराईमा भने शुक्रबार होली पर्व मनाइन्छ। रासस

Holi 06

Holi 07

Holi 08

holi 2071 5

तस्बिरहरु: दिनेश गोले/ उपेन्द्र लामिछाने

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App