११ माघ २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

राजधानीको माघी र मकर संक्रान्ति

काठमाडौ-मुलुकका विभिन्न भागबाट उपत्यकामा बस्दै आएको थारु समुदायले राजधानीको टुँडिखेलमा माघी पर्व मनाएको छ।

Maghi festival in kathmandu 02

थारु कल्याणकारिणी सभा उपत्यका समिति र विभिन्न थारु संघसंस्थाको पहलमा महोत्सव आयोजना भएको हो।

Maghe or Makar Sankranti 04

महोत्सवको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गरे।

Maghe or Makar Sankranti 08
परम्परागत पोसाकमा सजिएर आएका उनीहरुले एकै थलोमा नाचगान गर्दै रमाइलो गरे। टुँडिखेलमा आउनुअगाडि उनीहरु भृकुटीमण्डपमा जम्मा भएका थिए। उनीहरु सांस्कृतिक झाँकीसहित नगर परिक्रमा गर्दै टुँडिखेलमा जम्मा भए।

Maghe or Makar Sankranti 01

थारु संस्कृति, भेषभूषा, बाजागाजासहित आएका उनीहरुले टुँडिखेललाई नै रंगीन बनाए।

Maghe or Makar Sankranti 02

परम्परागत थारु नाचगानसँगै महोत्सवमा राखिएका खानाका स्टलले सबैको ध्यान खिच्यो।

Maghi festival in kathmandu 01
थारुको नयाँ वर्षका रुपमा रहेको माघी पर्वमा थारुहरुले सार्वजनिक बिदा माग गरेपछि सरकारले माघेसंक्रान्तिका दिन ०६४ सालदेखि सार्वजनिक बिदा दिँदै आएको छ।

Maghe or Makar Sankranti 07

Maghe or Makar Sankranti 06
त्यसैगरी, राजधानीमा बस्दै आएका मगर समुदायले खुलामञ्चमा सामूहिक रुपमा मकर संक्रान्ति पर्व मनाएको छ।

Maghe or Makar Sankranti 05

नेपाल मगर संघको आयोजनामा सञ्चालित कार्यक्रममा मगर समुदायका युवायुवतीदेखि वृद्धवृद्धासम्म परम्परागत भेषभूषामा सजिएका थिए। कार्यक्रममा सोरठी, भ्याउरे लगायत धुन सुनियो। मकर संक्रान्तिस्थलमा पनि प्रधानमन्त्री सुशील कोइराला पुगेका थिए।

तस्बिर : केशव थोकर, दिनेश गोले

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App