११ माघ २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

संक्रान्ति मेला भर्न रिडी

पाल्पा– माघे संक्रान्ति मेला भर्न र स्नान गर्न पाल्पा, गुल्मी र स्याङ्जाको संगम रुरु क्षेत्रमा उल्लेख्य दर्शनार्थी जुटेका छन्। तीन दिनसम्म लाग्ने संक्रान्ति मेलाको पहिलो दिन बिहीबार रुरु क्षेत्रको कालिगण्डकी तटमा नुहाउन र ऋषिकेशव मन्दिरमा पूजा गर्नेको घुइँचो थियो। पुण्य लाभ हुने अभिलाषा र मेलाको रमाइलो हेर्न भिड लागेको हो।
नेपालका चार धाममध्येकोे एक रुरु धाममा देशभित्र र मित्र राष्ट्र भारतबाट समेत दर्शनार्थी आएका ऋषिकेशव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त रेग्मीले बताए। उनले मेलाको रौनक तीन दिनसम्म रहने बताए। आसपासका ग्रामीण भेगबाट पैदल र सहरी क्षेत्र र टाढाबाट सवारी साधन चढेर तीर्थालु आएका छन्।
ridi nag1
विभिन्न स्थानबाट आएका व्यापारी तथा व्यवसायीको व्यापार गर्ने अवसर पनि बनेको छ रिडी मेला। यहाँ माघ १, २ र ३ गते क्रमशः जेठी, माहिली र कान्छी संक्रान्ति मेला लाग्छ।
ridi nag3
संक्रान्तिको अवसरमा व्यापार–व्यवसाय गर्न पाल्पा, बाग्लुङ, रुकुम, रोल्पा, हुम्ला, जुम्ला, मुस्ताङलगायतका स्थानबाट परम्परागत एवं घरेलु सामग्री बिक्रीको व्यावसायी यहाँ आउँछन्। उखुबाट उत्पादन हुने गुँड, खुदो, भ्याली, बाँसका काँगियो, सुपो, डालो र र काठका ठेकी बिक्री हुने उपयुक्त थलो बनेको छ मेला।
ridi nag4
रोल्पा, रुकुम, सल्यान, प्युठान, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङलगायतका जिल्लाका व्यापारीहरूका लागि रिडी मेला जाडो छल्ने बाहना हुन्छ र त्यस क्षेत्रको उत्पादन ऊनीजन्य वस्तु राडी, पाखी, कम्बल र जडीबुटी एवं वनजन्य उत्पादनको राम्रो बिक्री हुन्छ। अर्गलीका स्थानीय केशव शर्माका अनुसार रिडी मेला व्यापार व्यवसायका लागि पनि प्रख्यात छ।
ridi nag5
'रिडी आसपासका गाउँ र छिमेकी जिल्लाका उत्पादन बिक्री हुँदै आएको छ,' उनी भन्छन्, 'अचेल साँस्कृतिक महोत्सव हुन थाल्यो र कृषि, पशु र वनजन्य उत्पादनका प्रदशर्नीले मान्छे झनै तानिएका छन्।'
ridi nag6
पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले तीनदिने मेलामा सुरक्षा व्यवस्था मिलाइएको र आपतकालीन उद्धारका लागि समेत सुरक्षाकर्मी खटिएका बताए।
Ridi Rafting
तीन जिल्लाको संगम रिडीमा पाल्पा क्षेत्रको व्यवस्थापनका लागि पाल्पा प्रशासन, गुल्मीतर्फको गुल्मीले र स्याङ्जातर्फ स्याङ्जाकै प्रहरी र प्रशासनले टोली खटाएका छन्।
ridi nag7
सबै तस्बिर : टेकनारायण भट्टराई
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App