११ माघ २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

क्रिसमस धुमधाम

काठमाडौं-इसाई धर्मावलम्बीको मुख्य पर्व क्रिसमस राजधानी लगायत देशका विभिन्न स्थानमा धुमधामसाथ मनाइएको छ। बिहीबार बिहानैदेखी सहरी क्षेत्रका चर्च तथा सपिङ मल, होटल, सुपरमार्केट तथा अन्य पर्यटकीय बजारमा क्रिसमसको रौनक छाएको थियो।

christmas celebration-01

क्रिसमसका लागि भन्दै राजधानीका ठूला सपिङ मल तथा होटलमा क्रिसमस ट्री निर्माण गरिएको थियो भने सान्ता क्लजको भेषमा मानिसहरु सजिएका थिए। जसका कारण क्रिसमसका लागि एक साता अगाडिदेखि सजिएका प्रमुख व्यापारिक केन्द्रमा मानिसको बाक्लो चहलपहल देखिएको थियो।

Christmas6
प्रविधि विकासँगै पछिल्ला दिनमा नेपालीमा पनि क्रिसमस लोकप्रिय हुँदै गइरहेको छ। अझ सामाजिक सञ्जालमा फोटो राख्ने क्रम बढेसँगै क्रिसमसमा सान्ता क्लजको भेषमा बसेकाहरुसँग, क्रिसमस टि्रको छेउमा तस्बिर खिचाउनेको भीड बढेको छ।

Christmas7
सहरी क्षेत्रका होटल, सुपरमार्केट, रेस्टुरेन्टले क्रिसमसका समयमा विभिन्न कार्यक्रम तथा खाना र किनमेलमा विशेष छुटसमेत दिएका थिए। जसका कारण क्रिस्चियन धर्मावलम्बीसँगै गैरक्रिस्चियन पनि पर्वमा रमाउन थालेका पाइएको छ।

Christmas9
क्रिसमसको अघिल्लो दिन इभका अवसरमा चर्च तथा इसाई मण्डलीमा दिप प्रज्ज्वलन गरिएको थियो। ज्ञानेश्वरस्थित नेपाल इसाई मण्डली, पुतलीसडक चर्च, ललितपुरस्थित एजम्पसन चर्च, दाखबारी चर्चलगायत उपत्यकाका सयौं चर्चमा बुधबार बिहानैबाट धर्मावलम्बीको भीड लागेको थियो। हात्तीगौंडास्थित फ्रेस फायर चर्चका पादरी बुद्धिमान श्रेष्ठ बुधबार बिहानैबाट चर्चमा भजन, नाटक आयोजना गरिएको बताए।

Christmas 05
अंग्रेजी महिनाको डिसेम्बर २५ तारिखलाई जिसस क्राइस्टको जन्म भएको मानेर क्रिसमस मनाउने गरिन्छ। २०६३ सालमा तत्कालीन व्यवस्थापिका संसद बैठकले नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरेपछि क्रिसमसमा सार्वजनिक बिदा दिन थालिएको हो।

Christmas 2

Christmas 3

Christmas8

तस्बिरहरु: दिपेश श्रेष्ठ/ दिनेश गोले 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App