११ माघ २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

एसिसी यु–१९ प्रिमियर क्रिकेटमा नेपालको लगातार दोस्रो जित

काठमाडौँ- कुबेतमा भइरहेको एसिसी यु–१९ प्रिमियर क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। कुबेत सिटीमा सोमबार भएको खेलमा नेपालले आयोजक कुबेतलाई २ सय ६२ रनको विशाल स्कोरले पराजित गर्‍यो।
टस हारेर पहिले ब्याटिङ गर्दै ३ सय २५ रन बनाएको नेपालले कुबेतलाई मात्र ६३ रनमा समेट्यो। त्यसअघि नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई ३ सय २५ रन बनाएको थियो। ५ ओभरभित्र ९ रन बनाउँदा दुवै ओपनर प्रेम तामाङ (५), सुनिल धमला (१) र शंकर राना (०) लाई गुमाएको नेपालबाट आरिफ शेखले ८७ रन बनाए। राष्ट्रिय टोलीमा समेत सहभागी आरिफले १ सय ११ बल खेली ६ चौका प्रहार गरे। उनले कप्तान राजु रिजालसँग चौथो विकेटमा ९४ र सन्दिप सुनारसँग पाँचौं विकेटमा ९३ रन जोडे।
राजुले ३१ रन जोडे। ६३ बल खेलेका उनले २ चौका प्रहार गरे। सन्दिप ४९ रनमा आउट भए। ५६ बलको इनिङ्समा उनले ६ चौका र १ छक्का प्रहार गरे। सौरभ खनाल र दीपेन्द्र सिंह ऐरीले ७ ओभर भित्र ९६ रनको साझेदारी गरेपछि नेपालले लगातार दोस्रो खेलमा ३ सय रन पार गरेका थियो। यु–१९ विश्वकपका अनुभवी सौरभ ३५ बलमा ६४ रन बनाई अविजित रहे। उनले ४ चौका र २ छक्का प्रहार गरे। नेपाली इनिङ्सको दोस्रो अन्तिम बलमा आउट भएका दीपेन्द्रले २० बलमा ४८ रन बनाए। रनआउट हुनुअघि उनले २ चौका र ४ छक्का प्रहार गरे। सुशील कँडेल १ रनमा अविजित रहे।
यसअघि आइतबारको खेलमा नेपालले साउदी अरेबियालाई १ सय ९५ रनले पराजित गरेको थियो।
 
 Dipesh Shrestha in warm up
 
head or tell
 
huddles
 
Nepal team pavelian
 
Prem Tamang enter the ground
 
ready for toss
 
Saurav Khanal
                                                                       तस्बिरहरु:धीरेन्द्र साउद
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App