८ वैशाख २०८१ शनिबार
फोटो फिचर

एमाले महाधिवेशनः झकिझकाउ चितवन (फोटोफिचर)

शुक्रवार हुने नेकपा एमालेको १० औँ महाधिवेशनका लागि एमाले शीर्ष नेता चितवन आउने क्रम सुरु भएको छ। महाधिवेशनका लागि नारायणी किनार उद्घाटनस्थल झकिझकाउ बनाइएको छ।

स्वागतका लागि गेट निर्माण, ब्यानर टाँगिएको छ । चोकचोकमा एमालेको झण्डा टाँगिएको छ। भरतपुर बिमानस्थलदेखि नारायणी किनारसम्म सडकको दायाँबायाँ झण्डा टाँगिएका छन्। माईकिङ मार्फत प्रचार प्रसार गरिएको छ। सवारी साधनको पनि अत्याधिक चाप बढेको छ। ट्राफिक ब्यवस्थापनका लागि प्रहरी बाक्लो गरी खटिएका छन्।

नारायणी किनार छेउमा ठाउँठाउँमा डिस्प्ले राखिएको छ। मञ्च ब्यवस्थापनको सबै तयारी अन्तिम चरणमा रहेको एमालेका नेता शेरबहादुर तामाङले बताए। तयार भएको मञ्चमा एमाले कार्यकर्ताको फोटो खिचाउन हानथाप छ। एमाले अध्यक्ष केपी ओली चितवन आउँदैछन्।

प्रकाशित: ९ मंसिर २०७८ ०८:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App