१६ चैत्र २०८० शुक्रबार
फोटो फिचर

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व समापन

तस्विरः मिथिलेश यादव /नागरिक

सूर्यदेवको उपासना गरी चार दिनसम्म मनाइने छठ पर्व बिहिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै समापन भएको छ। 

छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि लहानस्थित रघुनाथपुर पोखरी, जनकपुरको गंगासागर, वीरगन्जको घडीअर्वा पोखरीसहित विभिन्न नदी, तलाउ र पोखरीका किनारमा ब्रतालु एवं भक्तजन रातभर पूजा आराधना तथा जाग्राम बसेका थिए। 

हिजो अस्ताउँदै गरेको सूर्य तथा छठी मातालाई अर्घ दिएका ब्रतालुले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन्।  

दुलहीझैं सिंगारिएका तलाऊहरुमा हजारौं भक्तजन भेला भएर पूजा आराधना गर्दै पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने सूर्य देवसँग प्रारथना गरेका छन्।

प्रकाशित: २५ कार्तिक २०७८ ०२:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App