coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
फोटो फिचर

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम धमाधम (फोटोफिचर)

निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका पूर्वाधार । तस्विरः उमेश पुन÷नागरिक

कोरोना भाइरस संक्रमणका महामारीका कारण तोकिएको समयमा निमार्ण नसकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको बाँकी काम अबको ६ महिनाभित्र सकिने सरोकारवालाले बताएका छन् ।  

विमानस्थलभित्रका महत्वपूर्ण सबै संरचना निमार्ण भइसकेका छन् । निमार्णाधिन विमानस्थलमा अब फिनिसिङको काम मात्र बाँकि रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका इन्जिनियर कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार रनवे, ट्याक्सी वे, एप्रोन, जहाज पार्किङ, ह्याङकर, कन्ट्रोल टावर, कार्गो विल्डिङ लगायतका भौतिकतर्फको सबै काम भएका छन । विमानस्थलको झन्डै ८३ प्रतिशत काम सम्पन्न भइसकेको पौडेलले जानकारी दिए ।  

यस्तै आवश्यक स्टेसनहरु समेत बनिसके पनि प्रविधिको जडान गर्न मात्र बाँकि रहेको उनले बताए । ‘अब १७ प्रतिशत मात्र काम बाँकि छ । महत्वपूर्ण संरचना बनिसकेका छन् । स्टेसनमा उपकरण जोडे त्यो पनि सकिन्छ,’ उनले भने ।  

करिब साढे २१ अर्ब रुपैँया लगानिमा बन्न लागेको विमान स्थलसन् २०१७ जुलाईमा सुरुभई २०२१ जुलाइमा सम्पन्न हुने सम्झौता भएपनि कोरोना महामारिका कारण एकवर्ष पछि धकेलिएको हो ।

एकवर्षका लागि म्याद थप भएपनि चिनियाँ निर्माण कम्पनि सिएएमसीले कोरोना महामारीका कारण काममा असर परेको भन्दै एकवर्षका लागि समय थप्न आग्रह गरेपछि नेपाल नागरिक उड्ययन प्राधिकरणले एकवर्षका लागि समय थपिदिएको छ । 

आगामी २०२२ जुलाई १० मा विमानस्थल सक्ने लक्ष्य भएपनि धेरैजसो काम सकिएकोले त्यो भन्दा अगावै काम सकिने पदाधिकारीको आँकलन छ ।  

प्रकाशित: २६ भाद्र २०७८ १०:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App