काठमाडौं- बढ्दो शहरीकरणसँगै बागमती नदी फोहोरी बन्दै गएको छ। पछिल्लो समय बागमतीलाई सफा बनाउन अभियानै चलेको छ। सोही बागमती नदीलाई आकाशबाट चन्द्रशेखर कार्कीले तस्बिर लिएका छन्। हेरौं केही तस्बिर:
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण देशका विभिन्न भागमा बदली तथा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ।
शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ। प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने बुझिएको छ।
यावत् चुनौतीबिच बालेन्द्रले मुलुकको प्रधानमन्त्रीका रूपमा जिम्मेवारी ग्रहण गर्दै छन्। मुलुकको प्रधानमन्त्रीले चाहँदा धेरै पक्ष परिवर्तन हुन्छन्। मुलुकको सबैभन्दा माथिल्लो ओहदाको व्यक्ति असल भएपछि देश सुध्रिन धेरै बेर लाग्दैन।