११ माघ २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

रेग्मीको गाउँ भ्रमण (फोटो फिचर)

पाल्पा- शुक्रबार बिहानैदेखि पाल्पा पोखराथोक गाविसमा चहलपहल थियो। सडक सफा गर्ने, फूलमाला जुटाउने र स्वागतको सबै तयारी बिहीबारै सकिएको थिए। पोखराथोक धैरेनीमा जन्मेका खिलराज रेग्मी मुलुकका सरकार प्रमुख छन्। चुनाबी मन्त्रिपरिषद अध्यक्ष भएपछि रेग्मीको पहिलो गाउँ भ्रमणमा स्थानीयले भव्य स्वागतको तयारी गरेका थिए। बिहान करिब साढे ९ बजे रेग्मी गाउँ पुग्दा उनको जयजयकार गरियो।

रेग्मी सोझै जन्मेको घरमा पुगे। आँगनमा फूलेका फूल टिपेर स्वागतका लागि राखिएका जलघडामा चढाएपछि उनी जन्मे हुर्केको घरका कोठाचोटा चाहार्न लागे। उनले आफूसँगै गएका प्रधानमन्त्री कार्यालय र जिल्लास्थित सरकारी कार्यालयका अधिकारीलाई आफ्ना पुराना याद सुनाए। घर आगलागी भएको र सप्ताह गरेर आँगनमा मन्दिर बनाएको स्मरण कोट्याए। घरको रेखदेखमा बसेका श्रीराम थापा दम्पत्तिसँग केहिबेर गफिए। हालचाल सोधे। बच्चाको पढाइबारे रुचिसाथ कुराकानी गरे। घरमा सबैसँग सामूहिक तस्विर खिचाएपछि उनी घर नजिकैको स्कुलमा पुगे। स्कुलमा सयौंको संख्यामा गाउँलेहरु फूलमाला लिएर स्वागतमा बसेका थिए। 

स्वागत गर्ने पंक्तिमा सबैभन्दा अगाडि थिइन् रेग्मीलाई सानैमा स्याहरसुसार गरेकी कार्की बिष्णु र काका टंकनाथ। रेग्मीले दुबै जनालाई झुकोर टपक्क खुट्टामा ढोग गरे। स्वास्थ्य स्थितिबारे सोधे। कान कम सुन्ने काकीको कानको उपचारबारे चासो राखे। स्वागत ग्रहणपछि उनले गाउँलेलाई सम्बोधन गरे। काका, काकी, भदा, भदै, दाजु, भाउजु, दिदी, भेना, गुरुहरु, भाइबैना सबैलाई सम्बोधनमा समेटेर गाउँले पारामा भाषण गरे। उनले राजनीति कुरा त गरेनन् तर गाउँलेको आशिर्वादले आफू जिम्मेवार तहमा पुगेको भन्दै आशिर्वाद र मायाँ मागे। 'तपाईँहरुको आशिर्वादले हामीले आँटेको काम पुरा होस्,’ उनले भने।

आफूले पढाएको विद्यालय विष्णु उच्च माविमा पुग्दा हजार बढी गाउँले जुटेका थिए। २०६८ सालमा रेग्मीले नै शिलान्यास गरेको विद्यालय भवनको उद्घाएटन पनि उनी आफैंले गरे। करिब दुई घण्टाको गाउँ बसाई सकाएर रेग्मी सदरमुकाम तानसेन फर्के। तानसेनमा भएका औपचारिक कार्यक्रम र भेटघाटमा रेग्मीले चुनावको विकल्प नभएको भन्दै चुनावी वातावरण तयार पार्न सबैलाई आग्रह गरे। पाल्पास्थित नागरिकन्युजकर्मी टेकनारायण भट्टराईको फोटो फिचर हेर्नुस् :

Khilraj Regmi in palpa-1

Khilraj Regmi in palpa-2Khilraj Regmi in palpa-6Khilraj Regmi in palpa-3Khilraj Regmi in palpa-4Khilraj Regmi in palpa-5

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App