प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको पुष्टि भइसकेको छ। प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई सर्वोच्च अदालतको फैसलाले सच्याए पनि यस्तो काम गर्ने व्यक्तिलाई जिम्मेवार बनाउन संसद् अक्षम सावित भएको छ।
नजी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरालाई आधार बनाएर ‘क्रस सिटी’ उडान थाल्ने तयारी गरेको छ। वैशाख १८ गतेदेखि विभिन्न गन्तव्यमा उडान गर्ने बुद्धले बताएको छ। आन्तरिक र भारतीय पर्यटकलाई लक्ष्य गर्दै उडान गर्न थालेको बुद्धले बताएको छ।
तथ्यांक अनुसार यो सिजनमा विभिन्न १६ वटा हिमाल आरोहण अनुमतिबाट ४८ करोड ७७ लाख २३ हजार आठ सय ९४ रूपैयाँ दस्तुर संकलन भएको हो। सरकारले आरोहणका लागि खुला गरेको हिमाल चढ्न हालसम्म ७३ समूहका ६ सय ५४ जनाले अनुमति पाएका छन्।