
राजनीति
बृहत नागरिक आन्दोलनको आह्वानमा टुँडिखेलमा मार्च भएको छ। रत्नपार्कबाट सुरु भएको मार्च भद्रकाली, शहीद गेट हुँदै संकटा मन्दिरमा पुगेको थियो।
टुँडिखेल नागरिकको भएको भन्दै मार्च गरिएको हो। उनीहरुले 'टुँडिखेल फिर्ता गर’, प्रतिगमन मुर्दावाद जस्ता नारा लगाएका थिए।
संसद विघटन भएपछि बृहत नागरिक आन्दोलनले निरन्तर प्रदर्शन गरिरहेको छ। बृहत नागरिक आन्दोलनले नागरिक घोषणापत्रसमेत जारी गरेको छ।