७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

तस्बिरमा हेर्नुहोस् कांग्रेसको विरोध प्रदर्शन

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा सोमबार देशभर विरोध प्रदर्शन गरेको छ। पार्टी केन्द्रीय समितिको माघ १३ गतेको निर्णयअनुसार कांग्रेसले सोमबार ७७ वटै जिल्लामा प्रदर्शन गर्न गरेको हो।  

पार्टीको जिल्ला कार्य समितिको आयोजनामा हुने विरोधसभालाई सम्बोधन गर्न सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितका केन्द्रीय नेताहरू जिल्ला जिल्ला पुगेका थिए।

कांग्रेसले यसअघि पुस १३ गते प्रतिनिधिसभाको निर्वाचन क्षेत्र, पुस २५ गते प्रदेश निर्वाचन क्षेत्र, माघ ३ गते स्थानीय तह, माघ ८ वडा तहमा विरोध प्रदर्शन गरेको थियो। माघ १९ गते भ्रातृ संगठन र माघ २४ गते शुभेच्छुक संगठनको अगुवाइमा कांग्रेसले देशभरि प्रदर्शन गरेको गरिसकेको छ। यसअघि कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध सबै जिल्लाहरूमा विरोध प्रदर्शन गरेको थियो।

 

 

खुशी 40%
दुखी 0%
अचम्मित 20%
हास्यास्पद 40%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App