६ माघ २०८१ आइतबार
image/svg+xml
खेल

जुम्लाका दिदीबहिनीले जिते हङकङ अल्ट्रा म्याराथनको उपाधि

जुम्लाकी राममाया बुढाले ५० किलोमिटर र उनकी दिदी सुनमाया बुढाले १ सय किलोमिटरको हङकङ अल्ट्रा म्याराथन उपाधि जितेका छन्। शनिबार भएको खेलमा उनीहरुले उपाधि हात पारेका हुन्।

राममायाले ५० किलोमिटर दुरी ५ घण्टा ३४ मिनेट ५ सेकेण्डमा पार गरिन् । राममायाले जापानकी युरी ओसिजोमीलाई २४ मिनेट ७ सेकेण्डले पछि पारेकी थिइन् । जापानकी ओसिजोमीले ५ घण्टा ५८ मिनेट १२ सेकेण्डमा पार गर्दै द्वितीय भइन् । चीनकी याङ यानले ६ घण्टा १३ मिनेट ३६ सेकेण्ड लगाएर तृतीय स्थान हासिल गरिन्।

उक्त म्याराथनमा जुम्लाको गुठिचौर गापालिका-३ गर्ज्याङकोट गाउँकी  राज्यलक्ष्मी रावलले सातौँ स्थान हासिल गरेकी थिइन् । हङकङ म्याराथनमा २ सय ९९ धावकले भाग लिएका थिए।

यस्तै उनकी दिदी सुनमाया बुढाले १०० किलोमिटर ११ घण्टा ११ मिनेट ४७ सेकेन्डमा पूरा गरिन्। सुनमायाले स्लोभाकियकी भेरोनिका लेङलाई १४ मिनेट २५ सेकेन्डको अन्तरमा उछिनेकी थिइन्। भेरोनका ११ घण्टा २५ मिनेट २२ सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रो भइन् भने भियतनामकी हा थी हाउ १२ घण्टा ९ मिनेट ३७ सेकेन्डमा निर्धारित दूरी पार गर्दै तेस्रो भएकी थिइन्।

प्रकाशित: ६ माघ २०८१ १२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App