८ वैशाख २०८१ शनिबार
फोटो फिचर

हिमपातपछि खप्तड क्षेत्र (फोटो फिचर)

स–साना थुम्कैथुम्का भएका पाटन । पाटनको भूइँमा सेतो गलैचा ओछ्याएझैं देखिने गरी भरिएको सेताम्य हिउँ । हो, त्यही मनै पगाल्ने मनोरम दृश्य भू–स्वर्गका रुपमा चिनिएको खप्तडको हो ।

प्राकृतिक हिम गलैचामाथि उडिरहेका रंगिविरंगी पुतली । घना रुखहरू । रुखहरूमा सेताम्य हिउँले ढाकिँदा देखिने त्यो सुन्दर दृश्य अहिले सुदूरपश्चिमको भू–स्वर्ग खप्तडको हो । बिहीबार रातिदेखि सुदूरपश्चिमको उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ ।

हिमपातपछि भू–स्वर्ग खप्तड हिउँको घुम्टोले छोपिएको छ । ‘खप्तड अहिले सेताम्य छ,’ खप्तड होमस्टेद्वारा सञ्चालित ‘खप्तड हेली टूर’का सञ्चालक दीपकबहादुर खड्काले भने,‘हिजो रातिदेखि खप्तड क्षेत्रमा भारी हिमपात भइरहेको छ ।’

खुशी 85.7%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 14.3%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App