७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

राजसंस्थासहित हिन्दुराष्ट्र माग गर्दै राप्रपाको प्रदर्शन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था र हिन्दुराष्ट्रको मागसहित आज काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ। 

राप्रपा नेता राजाराम बर्तौलाका अनुसार बढ्दै गएको भ्रष्टाचार, धर्म परिवर्तन, बेरोजगार लगायतका विसंगतिविरूद्ध र्‍याली निकालीएको हो। र्‍यालीमा प्रतिनिधिसभा विघटनविरूद्ध भने कुनै नारा लगाइएको थिएन। 

काठमाडौंको बबरमहलबाट सुरु भएको र्‍याली थापाथली, त्रिपुरेश्वर, सुन्धारा हुँदै दरबारमार्गको महेन्द्र शालिकमा पुगेर कोणसभामा परिणत भएको छ। कोणसभालाई पार्टीका अध्यक्षहरु कमल थापा, डा. प्रकाशचन्द्र लोहनी लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा नेता राजाराम बर्तौलाले जानकारी दिए।

उनका अनुसार राप्रपाले भोलि देशैभरका जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ।

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App