८ वैशाख २०८१ शनिबार
फोटो फिचर

तराई–मधेशमा चिसो : दिउँसै आगो बाल्दै जाडो छल्दै (फोटोफिचर)

केही सातादेखि मौसममा आएको स्वभाविक परिवर्तनले नेपालको तराई भागमा चिसो बढेको छ। चिसोको कारण रौतहट जनजीवन प्रभावित बनेको छ। बाक्लो हुस्सु र कुहिरोको कारण शित पर्न थालेपछि यहाँका जनजीवन प्रभावित बनेको हो।

यहाँ बिहानैदेखि बाक्लो हुस्सु लाग्न थालेको छ। बाक्लो कुहिरोको कारण घाम लागेको छैन भने चिसोका कारण जनजीवन थप कस्टकर बन्न थालेको छ।  

चिसो बढेपछि जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार जिल्ला प्रहरी कार्यालय रौतहटले जाडो छल्न सार्वजनिक स्थानहरूमा आगो बाल्ने काम सुरु गरेको हो।  दलित तथा विपन्न समुदायको बस्ती नजिकै सार्वजनिक स्थानमा आगो बाल्न थालेको एससी सिद्धिविक्रम साहले बताए। उनका अनुसार सदरमुकाम गौरस्थीत विपी चोक, बसपार्क, मुसहर बस्ती, ढागर बस्तीका साथै जिल्लाका विभिन्न सरकारी कार्यालयहरु नजिक दाउरा बालेर जाडो छल्ने काम सुरु गरिएको छ। 

 

प्रकाशित: ७ पुस २०७७ ०७:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App