८ वैशाख २०८१ शनिबार
फोटो फिचर

विन्ध्यवासिनीमा आंशिक चहलपहल

कोरोनाभाइरस महामारीसँगै सबैतिरका धार्मिक मठमन्दिर बन्द रहे । झन्डै नौमहिनासम्म बन्द रहेका ती मठमन्दिर बल्लअहिले खुल्ने क्रममा छन् । तर, अझैपनिमन्दिरमा दर्शन गर्न जान भने भक्तजन डराउने गरेका छन् । तीनसाता अघिनै खुलेको यहाँको विन्ध्यवासिनी मन्दिरमा आंशिक चहलपहल मात्र देखिन्छ । सधैंजसो भीडभाडहुने मन्दिरले अझै प्रयाप्त भक्तजन पाउन सकेको छैन ।

 

विन्ध्यवासिनीधार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठका अनुसार मन्दिर अझै पनि आंशिक रुपमा मात्र खुला छ । तीनसाताअघि नै मन्दिर खुलाएपनिपहिलेको आकारमा भक्तजन नआएको उनले बताए । ‘मन्दिर तआंशिक रुपमा खुलाइयो, तर, सबैतिर हल्लाखल्ला गरिएन । त्यही भएरहोला, भक्तजन आउन सकेनन् । अब भनेसबैतिरका मन्दिर खुलिसकेका छन,’ श्रेष्ठले भने, ‘हामीले पनि विन्ध्यवासिनी मन्दिर खुलेको बारे जानकारी दिने हो ।’  

 

उनकाअनुसार सुरुका १० दिनसम्म तखासै भक्तजन आएनन्् । ‘सरकारले मन्दिरखोल्न नभनेकोले हामीले कतैतिर सुचित गरेनौ, अब हामी आधिकारीकखुला भयौं,’ उनले भने । सरकारले मठमन्दिरखुलाउन अनुमति दिएसँगै सबैतिरका मन्दिर खुलिसकेकोले विन्ध्यवासिनीबारे पनि सार्वजनिक रुपमा जानकारी दिइने उनले बताए ।  

 

सचिवश्रेष्ठका अनुसार विन्ध्यवासिनीको मुलगेट मात्र खुलाइएको छ । उनकाअनुसार विन्ध्यवासिनीमा करिब ५० जना कर्मचारीकार्यरत थिए । कोरोनाका कारणआम्दानी घटेपछि कर्मचारीलाई बेतलवी बिदा दिएर अहिले १५ जनालाई मात्रकाममा बोलाइएको छ । ‘प्रयाप्तआम्दानी नहुँदा सबै कर्मचारीलाई काममा बोलाउन सकेनौ,’ उनले भने, ‘भक्तजनको संख्या बढ्दै जाँदा आम्दानी पनि बढ्ने र कर्मचारी पनिआवश्यक पर्छ ।’

 

‘मन्दिरकोआम्दानी बढ्न भक्तजन आउनुपर्छ । भक्तजन आएपछिबल्ल भेटी बढ्छ । अनि कर्मचारीपनि थप्दै जाने को,’ उनले भने, ‘पहिलेकै संख्यामा भक्तजन आउन ३÷४ महिनालाग्छ ।’ उनका अनुसारमन्दिर दर्शन गर्न जाने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्छ । सबै ठाउँमास्वास्थ्य सतर्कता अपनाउँदै प्रवेशमा कडाई गरिएको छ । मन्दिरपसिरका घण्टी बाँधेर राखिएको छ । तीघण्टी बजाउन पनि रोक लगाइएको छ ।

 

नयाँवर्ष, दसैं र साउनमा विन्ध्यवासिनीमाअधिक भीड लाग्छ । अघिल्लो वर्षबैशाख १ गते एकैदिन  ५ लाख रुपैयाँ बढी भेटी संकलन भएको थियो । वर्षभरिलाई सुखदहोस भनेर नयाँवर्षमा दर्शन गर्न जाने चलन छ । दसैंर साउनमा शिवजीको दर्शन गर्न मन्दिरमा भीड लाग्ने उनले बताए । विन्ध्यवासिनी शक्तिपीठभएकोले सबैतिरको विश्वास रहेको  उनले बताए । देवीको पुजागर्दा मनोकामना पुरा हुने विश्वास भएकोले दर्शनार्थी आउने उनले बताए ।

 

पोखराआएका आन्तरिक पाहुनामध्ये करिब ९० प्रतिशत पाहुनामन्दिर दर्शन गर्न पुग्ने उनले बताए । त्यस्तै मुक्तिनाथदर्शन गरेर फर्किदा पनि विन्ध्यवासिनीमा दर्शन गर्न भक्तजन पुग्छन् । भारतबाट पोखराघुम्न आएका पाहुना पनि मन्दिरमा दर्शन गर्न पुग्छन् । सचिव श्रेष्ठकाअनुसार नेपाली र भारतीय बाहेकअरु मुलुकका पाहुना पनि मन्दिरमा दर्शन गर्न पुग्ने गरेका छन् । विदेशी पाहुनालेआफ्नो मुलुकको मुद्रा चन्दाको रुपमा बाकसमा खसाउने गरेकोले नेपाली र भारतीयबाहेकका पाहुनापनि पुग्ने गरेको पुष्टि हुने श्रेष्ठले बताए ।  

 

तस्बिरःउमेश पुन÷नागरिक

 

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App