बर्दियाको गुलरियामा पिसिआर विधिबाट कोरोना परीक्षण गर्नका लागि थ्रोट स्वाब लिदै । थ्रोट स्वाब दिन आएका मानिसहरु सामाजिक दुरी नै कायम नगरी बेफ्रिकी भएर लाइन लागेका छन् । यसले झन कोरोना फैलाउने खतरा भएको दृश्यमा देखिन्छ ।
जुम्लाको तातोपानी गाउँपालिका २ जर्मी गाउँकी गंगा बुढाको दैनिकी आफ्नो तरकारीबारीमै बित्छ। बिहानै तरकारीको रेखदेख गर्न उनी बारीमै पुग्छिन्। तरकारी खेतीबाटै आर्थिक स्थिति बलियो हुनेमा उनी विश्वस्त छिन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा राज्य व्यवस्था तथा सुशासन समिति सदस्य बुद्धिमान तामाङले नासुभन्दा माथिल्लो तहका कर्मचारीलाई ट्रेड युनियन खोल्ने अधिकार दिन नहुने भन्दै फरक मत दर्ज गराएका छन्।