coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

बाढीपहिरोको उच्च जोखिममा मंगलाघाट बजार

गए रातीदेखि परेको भीषण वर्षासँगै आएको बाढीपहिरोले म्याग्दीको सदरमुकाम बेनीबजारका ८ घरमा क्षति गरेको छ । बस्तीभन्दा माथिबाट खसेको बाक्लो लेदोसहितको ढुङ्गामाटो पहिरोले बेनी नगरपालिका–७, मंगलाघाटका करिब १० घरमा क्षति पुर्याएको हो । बाढीपहिरोले मङ्गलाघाटका रुद्रबहादुर सुनारको घर तथा जीवन सापकोटाको ग्यारेजमा क्षति गरेको स्थानीय पुष्पा खड्का थापाले बताईन् ।

‘बस्ती माथि मनपरी विकासे गतिविधिले जोखिम बढाएको छ, मापदण्ड विपरित संरचना बनाउने काम रोक्नुपर्छ,’ खड्काले भनिन् । उनले बाढीपहिरोको जोखिमले स्थानीय बर्खाको समयमा चिन्तित हुने गरेको बताउँदै जोखिम न्यूनिकरणका लागि बेनी नगरपालिका सहितका सरोकारवाला निकायको ध्यानार्कषण समेत गराईन् ।

वर्षासँगै बेनी–अर्थुङ्गे–पाखापानी सडकखण्ड अन्तर्गत आँपारुख सामुदायिक वन क्षेत्र, बराहपाखो र महारानी मन्दिर आसपासको क्षेत्रबाट ढुङ्गा, माटो, गेगरसहित खसेको बाढीपहिरोले क्षति पु¥याएको म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए ।  

बाढी पहिरोबाट अन्य व्यक्तिहरुको घरमा पनि लेदोसहितको भलबाढी पसेर असर गरेको बताउँदै क्षतीको विवरण संकलन भइरहेको कुँवरको भनाई छ । बाढी तथा पहिरोले बेनीबाट अर्थुङ्गे हुँदै ग्रामीण भेगतिर जाने सडक समेत पूर्ण रुपमा अवरुद्ध बनाएको प्रनाउ कुँवरले बताए । उनले बाढी पहिरोबाट मंगलाघाट बजार क्षेत्रका झण्डै दुई दर्जनभन्दा बढी घरहरू उच्च जोखिममा परेको  बताए । बाढीपहिरोले माउण्ट एभरेष्टदेखि रिक संस्था र बुद्ध बिहारसम्मको सडक पनि अवरुद्ध भएको छ । शुक्रबार राती ११ बजेदेखि बाढीसँगै पहिरो खस्न थालेपछि घर तथा पसलभित्र बाढी र भेल पस्न नदिन आवश्यक सतर्कता अपनाउनुका साथै रातभर जाग्राम बसेको स्थानीय ब्यवसायी नवराज पौडेलको भनाई छ ।

रातभर आएको वर्षाकै कारणले गर्दा महारानी मन्दिरको डिल भत्किँदा मन्दिरदेखि तलको बस्ती समेत उच्च जोखिममा परेको छ । मंगलाघाटमा आएको बाढीपहिरोले मुस्लिम बस्तीसहित, बेनी नगरपालिकाको कार्यालय, डिभिजन वन कार्यालय, जिल्ला निर्वाचन कार्यालयलगायत जोखिममा परेका छन् ।  

त्यस्तै बेनी–गलेश्वर सडकखण्ड अन्तर्गत जलेश्वर क्षेत्र र बेनी–दरबाङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमाना घुमाउनेभीरमा पहिरो खसेर सडक अवरुद्ध बनाएको छ । बाढीपहिरोले बेनी–जोमसोम–कोरला तथा बेनी–दरबाङ सडक अवरुद्ध बनाउनुका साथै म्याग्दीखोला र कालीगण्डकी नदीमा बढ्ने वहावले बेनीबजारमा जोखिममा पर्ने गरेको छ । यसैगरी वर्षासँगैको बाढीपहिरो र भेलले सदरमुकामस्थित क्याम्पसचोक क्षेत्रमा पनि क्षति गरेको छ ।

खुशी 0%
दुखी 100%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App