coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
फोटो फिचर

कोरोना असर : घर भाडामा ! (फोटो फिचर)

कोरोना महामारी नियन्त्रणका लागि सरकारले लकडाउन गर्यो। मानिसहरु घर भित्रै बसे। सवारी साधनहरु चलेनन्। अहिले सवारी साधनहरु चलेका छन् तर मानिसहरुको आवातजावत कम छन्। बजार खुलेको छ तर बजारमा व्यापारिक गतिविधी शून्य जस्तै छन्। महंगो घर भाडाका कारण पनि व्यवसायीहरु विस्थापित हुने अवस्था आएको छ। पछिल्लो समय व्यस्त बजार होस् वा शहरका आवास क्षेत्र, धेरै ठाउँमा कोठा भाडामा, सटर भाडामा लेखिएका सूचना टाँसिएको देख्न सकिन्छ। रोजगारी गुमाउँदा, रोजगारीमा तलब कटौति हुँदा मानिसहरु खर्च घटाउन बाध्य छन्। यसैले पनि फ्ल्याटबाट कोठामा र महंगो सटरमा व्यवसाय गर्नेहरु सस्तो क्षेत्रमा सरेको देखिएको छ। भारत र चीनबाट सामान नआउँदा समेत व्यवसायीहरु व्यवसाय बन्द गर्न बाध्य छन्। 

खुशी 22.2%
दुखी 16.7%
अचम्मित 0%
हास्यास्पद 44.4%
क्रोधित 16.7%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App