coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

उपत्यकामा गुड्न थाले सार्वजनिक यातायात(फाेटाे फिचर)

काठमाडौं उपत्यकामा भाडाका बस छिटफुट सञ्चालनमा आएका छन् । सरकारले असार २६ देखि उपत्यका सहित जिल्लाभित्र छोटो दुरीका सार्वजनिक गाडी चल्न दिन निर्णय गरेको थियो । व्यवसायीले न्यूनतम आधारभूत आवश्यकता सरकारले पूरा गरेपछि मात्रै चलाउने बताउँदै आएका थिए ।  

सरकारले सार्वजनिक गाडी गुड्न दिएको चार दिनपछि उपत्यकाको सडकमा केही मात्रामा भाडाका यात्रुबाहक बस गुडे।

मयुरको अलावा अन्य केही बस पनि छिटफुट गुड्न थालेका छन् । संयुक्त, केही माइक्रोबस पनि गुड्न थालेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको गत शुक्रबार बसेकोे बैठकले बैंक किस्ता स्थगन, ब्याज मिनाहा, पुनर्कर्जाको व्यवस्था, स्वास्थ्य सामग्रीको व्यवस्था, मुख्य नाका वा बसपार्कमा सवारी निर्मलीकरणको लागि टनेलको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

सार्वजनिक सवारी साधनले सिट क्षमताको आधा मात्रै यात्रु राख्नुपर्ने र थप ५० प्रतिशत भाडा लिन पाउने व्यवस्था छ। सार्वजनिक यातायात सञ्चालन भए पनि यात्रुको संख्या भने न्यून छ। 

तस्बीरः माेनिका मल्ल/नागरिक

खुशी 66.7%
दुखी 12.5%
अचम्मित 4.2%
हास्यास्पद 0%
क्रोधित 16.7%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App