८ वैशाख २०८१ शनिबार
फोटो फिचर

माल्दिभ्सविरुद्ध नेपालको कमब्याक जीत, फाइनल यात्रा सहज (तस्बिरहरु)

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई २–१ गोल अन्तरले पराजित गरेको छ।

जितसंगै नेपाल तीन खेलबाट ७ अंकसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ। खेलमा नेपालले पहिलो हाफको अन्य र दोस्रो हाफको सुरुवातमा गोल गरेको थियो।

नेपालका लागि अभिषेक रिजालले ४३ औ मिनेटमा र अनन्त तामाङले ५२ मिनेटमा गोल गरेका हुन्।

यता सुरुवाती अग्रता भने माल्दिभ्सले लिएको थियो। माल्दिभ्सका लागि १७ औं मिनेटमा इब्राहिम महुदी हुसैनलेले गोल गरेका हुन्। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल बलियो देखियो। प्राप्त अवसरलाई गोलमा परिणत गर्न नसक्दा दुबै टोली थप गोल गर्नबाट चुकेका थिए।

नेपालले लिग चरणको अन्तिम खेल बंगलादेशसंग खेल्न बाँकी नै छ। उक्त खेलले समूह विजेताको टुंगो लग्ने छ। नेपालले पहिलो खेलमा भूटानलाई ४ गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा श्रीलंकासंग १–१ बराबरीमा रोकिएको थियो। 

आजको जितले नेपाल एक खेल अगावै फाइनल पुग्ने आधार बलियो बनाएको छ। आजै हुने प्रतिस्पर्धामा श्रीलंकाले भूटानलाई बराबरीमा रोके वा पराजित गरेको खण्डमा नेपालले फाइनल यात्रा पक्का गर्ने छ। हाल भूटानको ६ अंक सहित तालिकाको दोस्रो स्थानमा छ।  

यता अग्रता जोगाउन नसक्दा माल्दिभ्स पराजित भयो। र, प्रतियोगिताबाटै बाहिरियो। लिगका पुरै खेल खेल्दा माल्दिभ्सको जम्मा दुई अंकमात्रै छ। भूटान र नेपालसंग पराजित भएको माल्दिभ्सले श्रीलंका र बंगलादेशसंग बराबरी खेलेको थियो। 

खुशी 0%
दुखी 100%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App