१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

पानीकाे सतह घटेपछि पाँचकाे शव फेला, अवस्था दर्दनाक(फाेटाेफिचर)

राैतहट - तीन दिनदेखि डुबानमा परेको रौतहटको गौर नगरपालिकासहित आसपासका दर्जन बढी गाउँमा पानीको सतह घटेपछि पाँच जनाकाे शव फेला परेकाे छ।

यमुनामाइ गाउँपालिकाकी गायत्री देवी, इशनाथ नगरपालिका हरेन्द्र राय, दुर्गा भगवती गाउँपालिकाका बिरेन्द्र झा, गौर नगरपालिकाका शिव मंगल् राउत र उमेश राउतकाे शव फेला परेका हाे।त्यस्तै गढिमाइकी आनन्दी देवी र इशनाथका रामपुकारको अहिले सम्म पनि वेपत्ता रहेका छन्।

भारतीय पक्षले दशगजामा बनाएको बाँधको दुई साइफल (ढोका) खोलेपछि पानीको सहत घटेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविन कुमार कार्कीले बताए। उनका अनुसार ८० प्रतिशत पानी घटेको छ। लाल बकैया र  बागमतीको बाँध भत्केपछि गौरनगरपालिकासहित दर्जन बढी गाउँमा बाढी पसेको थियो।

निरन्तर चार दिनदेखि परेको वर्षाका कारण बाढी र नदीको पानी बस्तीमा प्रवेश गरेपछि करिव ३० हजार बढी घरमा क्षति पुर्याएकाे छ। बाढीबाट बिस्थापित सबैलाई सामुदायिक भवन, बिद्यालाय, लगायतका सुरक्षित स्थानमा राखिएकाे छ। तर बाढीका कारण अधिकांस बाढी पीडितकाे अवस्था दर्दनाका बनेकाे छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App