coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

मेयर ज्यू , हिड्नै मुश्किल भो! (फोटो फिचर)

काठमाडौं–सरकारले फोहोर व्यवस्थापनमा दुरदृष्टि राख्न नसक्दा धुवाँ र धुलोले आक्रान्त राजधानीको जनजीवनलाई फोहोरको गन्धले पनि पिरोल्न थालेको छ। एक सातादेखि राजधानीका चोक गल्लीमा फोहोर थुप्रदा सर्वसाधारणले सकस बेहोर्नु परिरहेको छ। बाटो बिग्रेको बहानामा महानगरपालिकाले यतिवेला कतिपय ठाउँको फोहोर उठाएको छैन।

काठमाडौ उपत्यकामा दैनिक करिब ११ सय मेट्रिक टन फोहोर निस्कन्छ। काठमाडौ महानगरभित्र मात्रै ५सय ५० मेट्रिक टन फोहोर निस्कन्छ।

राजधानीको फोहोर किन नउठेको भन्ने प्रश्नमा काठमाडौं महानगरपालिकाका सूचना अधिकारी बसन्त अधिकारी भन्छन्,‘ वर्षातको पानीले बाटो बिग्रियो। खाल्डा खूल्डीसहितको खतरनाक बाटोमा हाम्रा टिप्पर फस्छन् त्यसैले समस्या भयो।’ उनका अनुसार एकतिहाइ फोहोर मात्र नुवाकोटस्थित सिसडोल ल्याण्डफिल साइट पुर्याउन सकिएको छ।

सिसडोल पुग्ने बाटो मर्मतमा बेलैमा सचेतता नपुर्याउदा अहिले फोहोर लग्ने टिप्पर डोजर अगाडि लगाएर मात्र सिसडोल पुग्ने अवस्था रहेको छ। काठमाडौ महानगरपालिकाले बाटोको कामचलाउ मर्मत गर्दै आँशिकरूपमा फोहोर ल्याण्डफिल साइट पुर्याइरहेको जनाएको हो। ‘तीन ट्रिप पुग्नुपर्ने समयमा एक ट्रिममात्र फोहोर सिसडोल पुर्याउन सकेका छौ,’ अधिकारीले भने, ‘पानी पर्न रोकिएमा सडक केही सहज बन्ने र सबै फोहोर सिसडोल पुर्याउन सकिनेछ।’ जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा मनसुनी वर्षा सुरु भएको केहि दिनमात्र भएको छ र यो भदौसम्म रहन सक्छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App