१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

प्रदेश १ को युवा महोत्सव (फोटो फिचर)

महोत्सव उद्घाटन अवसरमा आयोजित कार्यक्रमको एक झलक।तस्बिर/भीम चापागाईं/नागरिक

इलाम–  युवाको क्षमता र सम्भावनालाई सम्बोधन गर्न राज्यको ध्यानाकर्षण गराउने उद्देश्यसहित इलाम सदरमुकाममा ‘१ नम्बर प्रदेशस्तरीय युवा महोत्सव’ बिहीबार सुरु भएको छ। ३ दिनसम्म चल्ने महोत्सवमा सहभागी हुन प्रदेशभरका जिल्लाका युवा इलाममा भेला भएका छन्।

महोत्सवमा प्रदेशका विभिन्न जिल्लाका व्यवसायीले स्टलसमेत राखेका छन् । कृषि, कला, विज्ञान–प्रविधिलगायतका स्टल महोत्सवमा राखिएका हुन् । जिल्ला युवा समितिले आयोजना गरेको महोत्सवमा बिहीबार बिहान इलाम सदरमुकामदेखि बिब्ल्याँटे बजारसम्मको म्याराथन प्रतियोगिता सम्पन्न भयो। महोत्सव उद्घाटन अवसरमा सदरमुकामको ठूलो टुँडिखेलबाट सुरु भएको विभिन्न जातजातिका झाँकीसहितको ¥याली चोक बजारसम्म आएको थियो । त्यसपछि चोक बजारमा आयोजित उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक तथा शास्त्रीय नृत्यसमेत प्रस्तुत गरिएको छ।

महोत्सव उद्घाटन गर्दै १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले युवालाई लक्षित गरी प्रदेश सरकारले विभिन्न कार्यक्रम ल्याएको बताए । ‘सबै प्रकारका उद्यममा युवालाई जोड्ने कार्यक्रम ल्याएका छौं,’ उनले भने, ‘युवाले विगतमा पनि देशका लागि योगदान गरेका छन्, अहिले गरिरहेका छन् र सधैं उनीहरूको योगदान आवश्यक छ ।’ महोत्सवले इलामको कुनै एउटा मात्र नभई सबै क्षेत्रको विकासमा सघाउने उनले बताए । ‘इलाम प्रदेशकै सबैभन्दा सुन्दर र आकर्षक जिल्ला हो,’ उनले भने, ‘यसलाई थप उचाईमा पु¥याउन युवा महोत्सव कोसेढुंगा बन्न सक्छ ।’

नागरिककर्मी सम्मानित
जिल्ला युवा समितिले पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पु¥याएवापत् इलामस्थित नागरिककर्मी भीम चापागाईंसहित १२ जनालाई सम्मान गरेको छ । महोत्सवको उद्घाटन अवसरमा १४ वर्षदेखि पत्रकारितामा क्रियाशील चापागाईं, बिब्ल्याँटे बजारका युवा व्यवसायी कृष्ण पौडेल, सामाजिक संघ–संस्थातर्फ अन्वेश थुलुङ, खेलकुदतर्फ नवयुग श्रेष्ठ, पर्यटन व्यवसायी धरणी घिमिरे, विज्ञान–प्रविधिमा नेत्रप्रसाद पोख्रेल, साहित्यतर्फ जीतबहादुर सुब्बा÷जितेन मुस्कान, चित्रकलामा प्रेम केसी, नाटकमा सुरेश पोर्तेल, महिला उद्यमी रञ्जिता याख्खा, गायनमा प्रकाश बस्नेत र नृत्यमा रोमित कर्माचार्य सम्मानित भएका हुन् । उनीहरू सबैलाई मुख्यमन्त्री शेरधन राईले दोसल्ला र सम्मानपत्रले सम्मान गरे।

शुक्रबार बिहान युवा कवि सम्मेलन, दिउँसो प्रदेशस्तरीय युवा सम्मेलन, साँझ सांस्कृतिक कार्यक्रम, युवा परिषद् र जिल्ला युवा समितिबीच अनुभव आदान–प्रदान तथा गायक कर्णदासको एकल साँझ कार्यक्रम राखिएको छ । युवा गजल मेला, राजनीतिक दल र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल, सांस्कृतिक कार्यक्रम, उद्यमीबीच अनुभव आदान–प्रदानसहित शनिबार महोत्सव समापन गरिने आयोजकले जनाएको छ । महोत्सवले युवाको प्रतिभा प्रोत्साहन, वर्तमान अवस्था र युवाका लागि गर्न सकिने कार्यक्रमबारे इलाम घोषणापत्र जारी गर्ने समिति अध्यक्ष नवराज शंकरले बताए । सबै तस्बिर: भीम चापागाई

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App