१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

विद्यासुन्दरको एक वर्ष : १०१ काम होइन १०१ भ्रम (फोटो फिचर)

काठमाडौं– विवेकशील साझा पार्टीले काठमाडौं उपत्यकाको प्रदूषण नियन्त्रण नभएको भन्दै काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेको छ। 

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले १०० दिनमा १०१ काम गर्छु भनेको र त्यसमा प्रदूषण नियन्त्रण गर्ने भनिएपनि निर्वाचित भएको १ वर्षवित्दा समेत नियन्त्रणका लागि कुनै प्रयास नगरेको भन्दै विवेकशील साझा प्रदर्शनमा उत्रिएको हो। 

नेतृ रञ्जु दर्शनाको नेतृत्वमा नेता कार्यकर्ताले मास्क लगाएर महानगर अगाडि विरोध गरेका थिए। प्रदर्शनकारीले ‘मेयर आउ मास्क हटाउँ, एक वर्ष वित्यो मास्क मात्रै विक्यो मेयर ज्यू, २० प्रतिशत समय वित्यो कति प्रतिशत वाचा पुरा भयो मेयर ज्यू, १०१ काम होइन १०१ भ्रम’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। 

प्रदर्शनका क्रममा नेतृ रञ्जु दर्शनाले प्रदूषण नियन्त्रणका लागि दबाब सिर्जना गर्न महानगरलाई मास्क उपहार दिइने बताइन। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App