१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
फोटो फिचर

बल्खुमा अाेली-दाहालकाे 'केमेस्ट्री' [फाेटाे फिचर]

तस्बिर : दिपेन्द्र राेक्का

काठमाडौं– एमाले–माओवादी केन्द्रबीच पार्टी एकता हुने दिन दुवै पार्टी अध्यक्षहरु निकै हौसिएका देखिन्थे । बिहीबर बिहान मदन–आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रममा एमालेसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरु उपस्थित भएका थिए । 

कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत भइसकेका दाहालले आजै पार्टी एकता गर्नुपर्नेमा जोड दिएको बताए । ‘पार्टी एकता आजै हुनुपर्छ भन्ने मैले नै जोडबल गरेको हुँ,’ उनले मदन भण्डारीको सम्झना गर्दै भने, ‘यसले मदन भण्डारीको विचारको पनि सम्मान हुनेछ ।’

विभिन्न चरणको बैठकपछि निर्वाचन आयोगमा आजै पार्टी दर्ता गर्ने कार्यक्रम छ । पार्टी दर्ता गरेपछि संयुक्तरुपमा पत्रकार सम्मेलन गरिने तयारी छ । 

सम्बोधनकै क्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी दर्तासँगै नेपालको नयाँ भविष्यको संकेत कोरिने बताए । उनले यो एकता पनि देशको विकासको लागि भएको बताएका थिए । 

कांग्रेसलाई सहयात्रीको रुपमा लिएको भन्दै ओलीले भने, ‘हामी अब फुट्न बिर्सिएँ, अब फुटाउन होइन, जुटाउन मात्र जानेका छौं । बिगार्न होइन, सपार्न मात्र जानेका छौं ।’

भिडियाे हेर्नुस्

तस्बिर : दिपेन्द्र राेक्का
तस्बिर : दिपेन्द्र राेक्का
तस्बिर : दिपेन्द्र राेक्का
तस्बिर : दिपेन्द्र राेक्का
तस्बिर : दिपेन्द्र राेक्का
तस्बिर : दिपेन्द्र राेक्का
तस्बिर : दिपेन्द्र राेक्का
तस्बिर : दिपेन्द्र राेक्का
तस्बिर : दिपेन्द्र राेक्का
तस्बिर : दिपेन्द्र राेक्का
तस्बिर : दिपेन्द्र राेक्का
तस्बिर : दिपेन्द्र राेक्का
तस्बिर : दिपेन्द्र राेक्का
तस्बिर : दिपेन्द्र राेक्का
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App