७ असार २०८२ शनिबार
image/svg+xml
फोटो फिचर

ऐतिहासिक सम्पदास्थल लिगलिगकोटका रमणीय तस्बिरहरू

ऐतिहासिक, पुरातात्विक, पर्यटकीय तथा सांस्कृतिक सम्पदास्थल लिगलिगकोट नेपालको गण्डकी प्रदेश, गोरखा जिल्ला, पालुङटार नगरपालिका वडा नं. २, आँपपिपल खोल्लीमा पर्दछ। यो स्थल समुद्री सतहदेखि चौध सय मिटर उचाइमा छ।

पहिले लिगलिगकोटलाई ७०० लिगलिग पनि भन्ने गरिन्थ्यो। यसको अर्थ त्यस बेला लिगलिगकोट अन्तर्गत सात सय घर धुरी थिए भन्ने हो। ७०० लिगलिगमा साविक ५ वटा गाविसहरू आँपपिपल, हर्मी, खोप्लाङ, छोप्राक र पालुङटार पर्दथ्यो।

अहिले पनि लिगलिगकोटमा त्यस समयका कालिका मन्दिर, ५ वटा गढी र दरबारका भग्नावशेष छन्, पुरातात्विक महत्व राख्ने स्थान तथा संरचनाहरू बाँकी नै छन्। बिहानीको सूर्योदय र साँझको सूर्यास्त, मनोरम हिम श्रृंखलाहरूको दृश्यावलोकन यहाँका आकर्षण हुन्। 

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App