१ असार २०८२ आइतबार
image/svg+xml
फोटो फिचर

विश्व शान्तिका लागि राष्ट्रपतिले उडाए परेवा (तस्बिरसहित)

२५६९औँ बुद्ध जयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलले बौद्धनाथस्थित गुरु ल्हाखाङ गुम्बामा भगवान् गौतम बुद्धको पूजा–आराधना गरेका छन्।

सो अवसरमा राष्ट्रपति पौडेलले बौद्ध महाचैत्यको परिक्रमा गरे र अमूल्य अस्तुधातुको दर्शन गरे। बुद्ध जयन्तीमा पूजा, आराधना र अस्तुधातु दर्शनका लागि राष्ट्रपति पौडेल प्रथम महिला सवितासहित बौद्ध पुगेका थिए।

बुद्ध जयन्तीको दिन बिहानैदेखि बौद्ध क्षेत्रमा अस्तुधातु दर्शन गर्न भक्तजनको भीड लागेको छ। आज बौद्धनाथमा बुद्धको अमूल्य अस्तुधातुसहित काश्यप बुद्ध र स्वयम्भू महाचैत्यको दुर्लभ अस्तु दर्शन गराइएको छ। उनले विश्व शान्तिको सन्देश प्रवाह गर्न परेवा उडाएर विशेष अनुष्ठानमा सहभागिता जनाएका हुन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App