
राजनीति
नेपाली उत्पादनको प्रवर्धन र व्यापार गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा आजबाट पस्मिना प्रदर्शनी सुरू भएको छ।
माघ १२ गतेसम्म चल्ने मेलामा स्वदेशी उत्पादन र सेवाका साथै पस्मिना इन्टरनेशनल एक्स्पो पनि सुरू भएको हो।
मेलामा ४० भन्दा बढी शुद्ध नेपाली पस्मिनाका स्टलहरू, च्याङ्ग्रादेखि पश्मिनासम्मको प्रत्यक्ष निर्माण प्रक्रिया, स्वदेशी लुगा तथा पस्मिनाको फेशन शो र नेपाली रैथाने खानाका परिकारहरू छन्।