पार्टी एकताबारे निर्णायक छलफलका लागि जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी बाँके पुगेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले जीबी राईलाई किन उन्मुक्ति दिइयो भनेर सरकारलाई प्रश्न गरेका छन्। शनिबार (आज) साँझ फेसबूक लाइभमा आएका उनले सोधेका छन्- जीबी राईलाई किन उन्मुक्ति दिइयो ?
सहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालित नयाँ सहर आयोजना कार्यालयहरूमा निमित्तको व्यवस्था हटाई दरबन्दीअनुसार कर्मचारी खटाउन माग गर्दै नेपाल निजामती कर्मचारी युनियन (नेपाली कांग्रेस निकट) को टोलीले मन्त्रालयका सचिव गोपाल सिग्देलसँग भेट गरेको छ।