![कर्मचारी कै मिलेमतोमा बिना क्वारेनटाइन कृष्ण नगर भन्सारमा फलफूल भित्राइँदै](https://images.nagariknewscdn.com/thumbs/2024/third-party/1722007680_Krishna Nagar Customs-600x400.jpg)
अर्थ
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा युएई र नेपालबीच खेल भइरहेको छ।
मूलपानी क्रिकेट मैदानमा जारी छनोटको सेमिफाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको युएईले निर्धारित २० ओभरको खेल खेल्दै ९ विकेटको क्षतिमा १३४ रन बनायो।
युएईका लागि वृत्तिय अरविन्दले सर्वाधिक ६४ रनको योगदान गरे। उनले ५१ ब्लमा ८ चौका र २ छक्काको मदले उक्त रन जोडे। यस्तै युएईका कप्तान मोहम्मद वशिमले २६ रन बनाए भने अलिशान सराफुले १६ र आशिफ खानले १३ रन बनाए।
नेपालका लागि कुशल मल्लले सर्वाधिक ३ विकेट लिँदा सन्दिप लामिछाने र सोमपाल कामीले समान २/२ विकेट लिए।