७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
फोटो फिचर

च्यासलमा राखियो नेम्वाङको पार्थिव शरीर, ओलीले ओढाए पार्टीकाे झण्डा (फोटोफिचर)

नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ।  

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट निकालेर नेम्वाङको पार्थिव शरीरलाई ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा राखिएको हो। आज दिनभर नेम्वाङको पार्थिव शरीर एमाले कार्यालयमै रहनेछ।  

उनको भोलि राजकिय सम्मानको साथ अन्त्येष्टि हुँदै छ। विदेशमा रहेका उनका २ छोराहरु आएपछि मात्र अन्त्येष्टि गरिने छ। सरकारले उनको अन्त्येष्टि गरेका दिन सार्वजनिक बिदा समेत दिने जनाएको छ।

नेम्वाङको पार्थिव शरीरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रदान्जली व्यक्त गरेका छन्। 

पार्टी कार्यालयमा पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्य, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जलि अर्पण गरे। त्यसैगरी एमालेका शीर्ष नेता कार्यकर्ता, शुभेच्छुकहरु श्रद्धाञ्जलिका लागि त्यहाँ पुगेका छन्।

खुशी 0%
दुखी 60%
अचम्मित 0%
हास्यास्पद 40%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App