७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
फोटो फिचर

बालेनले खाेल्दिएकाे चकुन्चा खहरे व्यवस्थापन नगर्दा कपनमा बाढी पस्यो (फोटोफिचर)

गएरातिदेखिको अविरल वर्षाको कारण कपन क्षेत्रको चकुन्चा (खहरे खोला) मा बाढी आएको छ। सो बाढी बस्तीमा पसेपछि कपन मिलनचोकदेखि साततलेसम्म अधिकांश घर डुबानमा परेका छन्। प्राय घरका भूइतल्लामा चकुन्चा खोलामा आएको बाढी पसेको छ।  

काठमाडौं महानगरपालिकाले कपनको चकुन्चा (खहरे खोला) मा केही दिन अघि डोजर चलाएको थियो। कपन क्षेत्रमा लामाे समयदेखि छाेपिएर रहेकाे चकुन्चा (खहरे खोला) मा डोजर प्रयोग गरेर उत्खनन् गरेपछि व्यवस्थापन नगर्दा आज आएको बाढी बस्तीमा पसेको स्थानीयले गुनासो गरेका छन्।  

उक्त खहरे खोलामा राखिएको ह्युम पाइप निकालिएको थियो भने खोला मिचेर बनाइएका संरचना भत्काइएको थियो।  

काठमाडौंका मेयर बालेन शाहले खोलाको उत्खनन् गरेपनि बेलैमा त्यसको व्यवस्थापन नगर्दा बस्तीमा बाढी पसेर दुख दिएको  स्थानीयले आरोप लगाएका छन्।  खहरे छेउमा पर्खाल लगाउन स्थानीयले माग गरेपनि काठमाडाैं महानगरपालिकाले वेवस्ता गर्दै आएकाे छ। 

तस्बीरः गुणराज लुइँटेल/नागरिक

खुशी 21.2%
दुखी 44.2%
अचम्मित 5.8%
हास्यास्पद 13.5%
क्रोधित 15.4%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App