१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

‘सरकारी विज्ञापनको साङ्गोपाङ्गो’ (फाेटाेफिचर)

नेपाल रिपब्लिक मिडिया लिमिटेडले सोमबार साँझ आयोजना गरेको ‘सरकारी विज्ञापनको साङ्गोपाङ्गो’ विषयक अन्तर संवाद कार्यक्रमका झलकहरू तस्वीरमा।  

विज्ञापन बोर्ड, मिडिया व्यवस्थापक र विज्ञापन एजेन्सीका प्रतिनिधिहरूबिच अन्तर संवाद भएको थियो। यसमा उपभोक्ताको रुचि र रोजाइमा आएको परिवर्तन, परम्परागत र डिजिटल सञ्चार माध्यमबिचका खाड्लहरु, विज्ञापन बजारमा देखिएका चुनौती र अपारदर्शिता विषयमा बृहत् अन्तर संवाद भएको थियो।  ‘साङ्गोपाङ्गो’ अन्तर संवाद कार्यक्रममा मुख्य वत्ताका रूपमा भेराइटिज् कन्सल्टिङका प्रबन्ध निर्देशक धमेन्द्रकाजी श्रेष्ठले आफ्नो भनाई राखेका थिए। 

उनले विज्ञापनका क्षेत्रमा देखिएका समस्याहरूबारे चर्चा गरेका थिए। श्रेष्ठ विशेष गरी सरकारी नीति नियमका कारण सिर्जना भएका समस्या र चुनौतीमा केन्द्रित भएर आफ्ना भनाई राखेका थिए। कार्यक्रममा मुख्य अतिथिका रूपमा पूर्व मुख्य सचिव तथा सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीले आफ्नो भनाई राखेका थिए। 

 नागरिक राष्ट्रिय दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल प्रस्तोता रहेको ‘प्यानल डिस्कसङ’ मा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, नेपाल रिपब्लिक मिडिया लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत सम्बृद्धि ज्ञवाली, स्वर्गद्वारी मिडियाका प्रबन्ध निर्देशक बसन्त योगी, ज्वाइन मिडिया हाउसका प्रबन्ध निर्देशक राजन श्रेष्ठ, मिडिया सोलुसन प्रालिका प्रबन्ध निर्देशक प्रदिप कोइराला र इन्टेन्सिभ मिडिया एण्ड सप्लायर्सका प्रबन्ध निर्देशक हुमलाल भण्डारीको सहभागिता थियो।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App