१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

पोखरामा ट्होटेको रमझम (फोटो फिचर)

गुरुङ सामुदायले मंगलबार पोखरामा ट्होटे पर्वका अवसरमा निकालेको झाँकी। तस्बिरः उमेश पुन/नागरिक

गुरुङ सामुदायले मंगलबार पोखरामा ट्होटे पर्व तामझामका साथ मनाए। चैत र साउन महिनाको अन्तिम मंगलबार पोखरामा गुरुङ समुदायले ट्होटे पर्व मनाउने गरेका छन्। पर्व मनाउनका लागि मंगलबार ५५ वटा गुरुङ समुदायको समुह भेला भएका थिए।  

ट्होटे पर्वको आयोजना तमु धिं नेपालले गर्दै आएको छ। तमु धिं का अध्यक्ष हुमबहादुर गुरुङका अनुसार गुरुङ भाषामा ‘ट्हो’ को अर्थ ‘राज्य’ र ‘टे’ को अर्थ ‘धपाउने’ वा राज्यबाट शत्रुलाई लखेट्नु भन्ने बुझाउँछ। गाउँमा भने भूतप्रेत धपाउने पर्वको रुपमा मनाउने गरिन्छ। सामाजिक सद्भाव कायम गर्ने र एकताको सन्देश दिनका लागि यो कार्यक्रम गर्दै आएको उनले बताए।

ट्होटें पर्व मनाउनाले रोग, ब्यथा हट्ने, प्राकृतिक प्रकोप न्यूनीकरण हुने, खेतीबाली सप्रिने, सुख–शान्ति प्राप्त हुने जनविश्वास छ। साथै ट्होटें मनाएमा राक्षस, भूतप्रेत भाग्ने तथा कुसँस्कृति हट्छ भन्ने पनि पुरानो मान्यता छ। ट्होटेका अवसरमा मंगलबार पोखरामा शैक्षिक संस्थामा बिदा दिइएको छ। ट्होटेको अवसरमा मंगलबार पोखराको रानीपौवादेखि निस्केको झाँकी नयाँबजारस्थित तमु धिंमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो।  

 

प्रकाशित: ३० श्रावण २०८० ०८:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App