१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
फोटो फिचर

नयाँदिल्लीमा प्रधानमन्त्री दाहालको यसरी गरियो स्वागत (फोटोफिचर)

प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्।

उनलाई नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका संघीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी थिइन्।

दाहाल भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा चार दिने भ्रमणका लागि आजै काठमाडौंबाट प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री दाहालसँग आजै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले भेटवार्ता गर्ने कार्यक्रम छ।

डोभलसँगको भेटघाटपछि प्रधानमन्त्री नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक हुनेछन्। रात्रिभोजका क्रममा प्रधानमन्त्री दाहालले प्रवासी नेपालीहरूलाई पनि सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

खुशी 9.4%
दुखी 3.1%
अचम्मित 0%
हास्यास्पद 78.1%
क्रोधित 9.4%
अर्को समाचार
Download Nagarik App